Logo

मुख्य समाचार

१२७ अंकले बढ्यो सेयर बजार, १३ अर्बको कारोबार


GDP नेपाल
   १७ भाद्र २०८१, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १२७.३२ अंकले बढेर दुई हजार ८२३.२५ विन्दुमा पुगेको छ ।




आज बैंकिङ ७२, विकास बैंक २६६, फाइनान्स २७३, हाइड्रोपावर १७८,
होटल तथा पर्यटन ३४२, उत्पादन २३९, अन्य ८६, जीवन बीमा ६२४, माइक्रोफाइनान्स १६७, ब्यापार १०७ र निर्जीवन बीमा उपसमूह ६२३ अंकले बढेको छ ।


आज सबैभन्दा धेरै नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिन्चोक दर्शन र मोदी इनर्जीको सेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेपनि आज लक्ष्मी उन्नती कोषको सेयर साढे ४ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३३५ कम्पनीको ३ करोड १४ लाख कित्ता सेयर १३ अर्ब १० करोडमा कारोबार भएको छ ।

प्रकाशित : १७ भाद्र २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह