Logo

Banner-news

फनपार्क खाली गराउने पत्र बुझ्न गुरुङद्वारा अस्वीकार, परिषदको ७ दिने अल्टिमेटम !


GDP Nepal
   ८ श्रावण २०७६, बुधबार


काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क खाली गर्न समाजकल्याण परिषदले दिएको निर्देशन यसका सञ्चालकहरुले अस्वीकार गरेका छन् ।
परिषदले पटकपटक ताकेता गर्दा पनि खाली नगराएको भन्दै ७ दिनभित्र यसको पत्र बुझ्न सार्वजनिक सूचना नै प्रकाशित गरेको छ ।

परिषदले यसका सञ्चालक मनाङ धारापानी–४ स्थायी घर भएका रवीन्द्र गुरुङ र अधिकृत वारेस टेकबहादुर गुरुङका नाउँमा सातदिने पत्र काटेको हो । फनपार्क खाली गरी बुझबुझारथ गर्नु भन्ने परिषदको साउन १ को पत्र त्यहाँका कर्मचारी बोधराज कट्टेलले बुझ्न अस्वीकार गरेको भन्दै सञ्चालकका नाउँमा आफैं पत्र बुझ्न आउने सूचना परिषदले जारी गरेको हो ।

फनपार्क पूर्वमन्त्री टेकबहादुर गुरुङले सञ्चालन गरिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फनपार्कलाई जग्गा उपलब्ध गराउँदा अनियमितता गरेको भन्दै समाजकल्याण परिषदका तत्कालीन पदाधिकारीसहित गुरुङविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारको मुद्दापछि परिषदले फनपार्क खाली गराउन पटकपटक निर्देशन दिइसकेको छ । जसअनुसार गत वर्षको चैत २५ मा सम्झौता भंग भएको तथा सोही दिनबाट ६० दिनभित्र सामान यथास्थितिमा राखी बरबुझारथ गर्न निर्देशन दिइएको थियो ।

साउन १ को पत्रमा भने २१ दिनको म्याद उल्लेख भए पनि पत्र बुझ्न सञ्चालकले मानेका छ्रैनन् ।

प्रकाशित : ८ श्रावण २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह