Logo

मुख्य समाचार

झण्डै ७ अंकले बढेको सेयर बजारमा १३ अर्ब ५७ करोडको कारोबार


GDP नेपाल
   १८ भाद्र २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ६.९० अंकले बढेर दुई हजार ८३०.१६ विन्दुमा पुगेको छ ।


विकास बैंक ७४, होटल तथा पर्यटन ४७, जीवन बीमा ३१८, माइक्रोफाइनान्स १८ र निर्जीवन बीमा उपसमूह ६४९ अंकले बढेको छ ।
त्यस्तै, आज बैंकिङ १०, फाइनान्स ५८, हाइड्रोपावर १७,
उत्पादन १०, अन्य ४ र ब्यापार उपसमूह १५ अंकले घटेको छ ।


आज एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, विन्ध्यबासिनी हाइड्रोपावर, इस्नर्ट हाइड्रोपावर, सप्तकोशी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, उपकार लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज हिमालयन पावर पार्टनरको सेयर ८.८ प्रतिशतले घटेको छ ।


यस दिन ३२८ कम्पनीको ३ करोड ५ लाख कित्ता सेयर १३ अर्ब ५७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १८ भाद्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह