Logo

Banner-news

चीनसँगको असमान हवाई सम्बन्धमा ब्रेक थ्रु भएकै हो त ?


GDP Nepal
   १० श्रावण २०७६, शुक्रबार


काठमाडौं । अन्ततः नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । दुई मुलुकबीच सातामा ९८ वटा उडान गर्न पाउने तथा नेपाली जहाजलाई चीनका १५ विमानस्थलमा सेवा गर्न पाउनृ सहमति भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

डेढ दशकपछि भएको सहमतिलाई नेपाली पक्षले उपलब्धि भनेको छ । दुई देशका हवाई सेवाका अधिकारीबीच बेइजिङमा शुक्रबार सम्पन्न द्विदिवसीय वार्तामा दुवै देशका अधिकारीले नागरिक उड्डयन तथा हवाई सम्पर्क विस्तारका क्षेत्रमा पारस्परिक सहयोगलाई सघन तुल्याउन सहमति जनाएको समाचारमा जनाइएको छ ।

द्विपक्षीय छलफलपछि शुक्रबार हस्ताक्षरसमेत भएको छ । जसअनुसार चीनले थप आठवटा चिनियाँ गन्तव्यमा नेपाली हवाई सेवा प्रदायक कम्पनीलाई उडानको अनुमति प्रदान गरेको छ ।

तर, चीनका कुन–कुन गन्तव्यमा नेपालले उडान गर्ने भन्ने निर्णय नेपाल सरकारले गर्ने जनाइएको छ ।

यद्यपि, नेपाली जहाजका लागि चिनियाँ आकाश तत्कालै खुलाउने विषयमा भने घुमाउरो निर्णय गरिएको छ । जसले अझै पनि चीनको नियतप्रति संशय उत्पन्न गराइरहेको छ ।

नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले चीनमा उडानका निम्ति गरेका आवेदनको शीघ्र निर्णयमा पुग्न प्रक्रियागत विषयलाई निरुपण गर्न छलफलका क्रममा अनुरोध गरिएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको राससले नै लेखेको छ । जसका कारण चीनले हिजोका दिनमा जस्तै नेपाली जहाजलाई अनेक बहानामा रोक्नसक्ने देखिन्छ ।

प्रकाशित : १० श्रावण २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह