काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से १३.०९ अंकले घटेर दुई हजार ६३२.९४ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १, विकास बैंक ३७, फाइनान्स ३३, हाइड्रोपावर २३, जीवन बीमा १००, निर्जीवन बीमा ५३, अन्य ९, उत्पादन ४८ र माइक्रोफाइनान्स उपसमूह ४८ अंकले घटेको छ । यस्तै, आज ब्यापार उपसमूह २९ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्केम ३ को सेयर ८.८२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज मानुषी लघुवित्तको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।
यस दिन ३२८ कम्पनीको १ करोड ९० लाख कित्ता सेयर ७ अर्ब २४ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया