Logo

मुख्य समाचार

सेयर बजारमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार


GDP नेपाल
   २७ भाद्र २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ७८.१७ अंकले बढेर दुई हजार ६८८.३८ विन्दुमा पुगेको छ ।




आज बैंकिङ ३८, विकास बैंक १४१, फाइनान्स ११२, होटल तथा पर्यटन १६७, हाइड्रोपावर १३५,
जीवन बीमा ४४१, अन्य ७६, उत्पादन १५०, माइक्रोफाइनान्स ८०, ब्यापार २३, र निर्जीवन बीमा उपसमूह २६६ अंकले बढेको छ ।



आज विन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इस्टर्न हाइड्रोपावर, रावा इनर्जी, एसियन हाइड्रोपावर, सिंगटी हाइड्रोपावर तथा इमर्जीङ नेपालको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज थ्री स्टार हाइड्रोपावरको सेयर भने १० प्रतिशतले घटेको छ ।




यस दिन ३१८ कम्पनीको १ करोड ९४ लाख कित्ता सेयर ८ अर्ब १६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २७ भाद्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह