काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ५७.०३ अंकले घटेर दुई हजार ५८०.७६ विन्दुमा पुगेको छ ।
आज बैंकिङ २३, विकास बैंक १४२, फाइनान्स १८६, होटल तथा पर्यटन १६३, हाइड्रोपावर ७४, जीवन बीमा २४४, अन्य ४७, उत्पादन १२०, माइक्रोफाइनान्स १२३, ब्यापार १०२, र निर्जीवन बीमा उपसमूह २५२ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै गुडवील फाइनान्स लिमिटेडको सेयर ९.९१ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज आत्मनिर्भर लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१२ कम्पनीको एक करोड ७० लाख कित्ता सेयर ७ अर्ब ३६ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया