Logo

Banner-news

भारतीय राजदूतले प्रशंशा गर्दा प्रधानमन्त्रीको मुहारमा मन्द मुस्कान


GDP Nepal
   १३ श्रावण २०७६, सोमबार


काठमाडौं । नेपालका लागि भारतीय प्रधानमन्त्री मञ्जीवसिंह पुरीले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर प्रशंशा गरे । शक्तिशाली छिमेकीका आधिकारिक प्रतिनिधिले यसरी प्रशंशा गर्दा प्रधानमन्त्रीको मुहारमा मन्द मुस्कान देखिन्थ्यो ।

आइतबार सोल्टी होटलमा आयोजित नेपाल–भारत पारवहन सहजीकरण सम्मेलनमा प्रधानमन्त्रीभन्दा अगाडि बोलेका राजदूत पुरीले आर्थिक विकासका क्षेत्रमा प्रधानमन्त्रीको दृढता र अठोट अनुकरणीय भएको बताए ।

राजदूत पुरीले भने– प्रधानमन्त्री ओलीले नेपालको विकासप्रतिको अठोट र दृढताको म प्रशंशा गर्न चाहान्छु । मलाई विश्वास छ कि उहाँको प्रतिबद्धताबाट नेपालले दिगो विकासको बाटो पहिल्याउन सक्नेछ ।

प्रधानमन्त्री ओली अस्वस्थताका कारण अन्य कार्यक्रममा नगए पनि पारवहन सहजीकरणसम्बन्धी उक्त सम्मेलनमा सहभागी भएका थिए । जहाँ उनले नेपाललाई जलमार्ग र क्रसबोर्डर रेलमार्गले जोड्नुपर्ने बताए । नेपाललाई अन्य मुलुकसँग जोडेपछि वैदेशिक व्यापार विस्तारसहज हुने उनले बताए ।

भारतीय राजदूत पुरीले पछिल्लो समय नेपाल–भारत वाणिज्य सम्बन्ध अत्यन्त राम्रो भएको दाबी गरे । नेपाल र भारत बीचको व्यापारलाई सहज रूपमा अगाडि बढाउन दुवै देश लागिरहेको र कतिपय महत्वपूर्ण परियोजना सम्पन्न भएपश्चात आपसी व्यापार थप मजबुद हुने पुरीको भनाइ थियो ।

पुरीले नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा वीरगञ्जको एकीकृत भन्सार जाँचचौकी सञ्चालनमा ल्याएको साथै विराटनगरमा पनि सञ्चालनको तयारिमा रहेको योसँगै दुई देशको व्यापार विस्तारमा सहजता आउने बताए ।

उनले छिट्टै शुभारम्भ हुन गइरहेको मोतिहारी–अम्लेखगंज पेट्रोलियम पाइपलाइन नेपालको आर्थिक विकासका लागि गेम चेञ्जर हुने दावी गर्दै कार्गाे तथा अन्य लजिस्टिक क्षेत्रमा सहज बनाउदै यसले समग्रमा नेपालको विकासमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : १३ श्रावण २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह