काठमाडौं । नेपालले गत आर्थिक वर्षमा ९७ अर्ब १० करोड रुपैयाँ बराबरका बस्तु निर्यात गरेर १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ मूल्य बराबरका सामग्री आयात गरेको छ । जसअनुसार नेपालको वार्षिक व्यापारघाटा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
कुल वैदेशिक व्यापारमा भारतसँगको हिस्सा गत वर्षमा पनि अत्यधिक छ । भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोड मूल्यका वस्तु आयात गर्दा नेपालले ६२ अर्ब ७३ करोडको वस्तु भारततर्फ निकासी गरेको छ । यसरी भारतसँग नेपालको व्यापारघाटा ८ खर्ब ५५ अर्ब १९ करोड रुपैयाँ रहेको देखिन्छ ।
यस्तै, नेपालको वाह्य व्यापारमा दोस्रो स्थानमा रहेका चीनबाट नेपालले एक वर्षमा २ खर्ब ५ अर्ब ५१ करोड मूल्यका वस्तु आयात गरेर २ अर्ब १० करोड रुपैयाँ बराबरका सामग्रीमात्र निर्यात गरेको छ । चीनसँग नेपालको व्यापारघाटा २ खर्ब ३ अर्ब ४० करोड रहेको छ ।
यसरी भारतसँग नेपालको व्यापारघाटा १४.६३ गुणा रहेको देखिन्छ भने चीनसँग ९७.८६ गुणा बढी रहेको देखिएको छ ।
प्रतिक्रिया