काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ५९.०२ अंकले घटेर दुई हजार ५२९.३३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १८, विकास बैंक १२६, फाइनान्स १६७, होटल तथा पर्यटन २१३, हाइड्रोपावर ९२, जीवन बीमा २९६, अन्य ४३, उत्पादन १२३, माइक्रोफाइनान्स १२४, ब्यापार १४१, र निर्जीवन बीमा उपसमूह ३५१ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै गुडवील फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एशिया फ्लेक्सि क्याप फन्ड र इष्टर्न हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज हिमालयन हाइड्रोपावरको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।
यस दिन ३२९ कम्पनीको एक करोड ३५ लाख कित्ता सेयर ५ अर्ब ६६ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया