काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ५८.९३ अंकले घटेर दुई हजार ४७०.३९ विन्दुमा पुगेको छ ।
आज बैंकिङ २९, विकास बैंक १५१, फाइनान्स १३१, होटल तथा पर्यटन १६३, हाइड्रोपावर ८७, जीवन बीमा १५०, अन्य ५३, उत्पादन १३१, माइक्रोफाइनान्स ११३, ब्यापार ७१, र निर्जीवन बीमा उपसमूह १७६ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज स्वरोजगार लघुवित्तको सेयर झण्डै ९ प्रतिशतले बढेको छ ।
यस दिन ३०९ कम्पनीको एक करोड ५५ लाख कित्ता सेयर ५ अर्ब ६८ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया