काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ४९.१८ अंकले बढेर दुई हजार ५१९.५७ विन्दुमा पुगेको छ ।
आज बैंकिङ २५, विकास बैंक १३३, फाइनान्स १०३, होटल तथा पर्यटन २१०, हाइड्रोपावर ७८, जीवन बीमा २३१, अन्य ३३, उत्पादन ९५, माइक्रोफाइनान्स ६९, ब्यापार ६०, र निर्जीवन बीमा उपसमूह २०९ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज हिमालयन हाइड्रोपावरको सेयर ६.३ प्रतिशतले घटेको छ ।
यस दिन ३२७ कम्पनीको एक करोड २४ लाख कित्ता सेयर ४ अर्ब ८१ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया