Logo

Banner-news

पाइपलाइन बनेसँगै चीनबाट पेट्रोलियम ल्याउने अध्याय सकिएकै हो ?


GDP Nepal
   १९ श्रावण २०७६, आइतबार


काठमाडौं । चार वर्षअघि भारतले नाकाबन्दी लगाएसँगै चीनबाट पेट्रोलियम पदार्थ भित्र्याएर भारतसँगको परनिर्भरता अन्त्य गर्ने प्रयास भए पनि हाल यसमा पूर्णविराम लगाएको छ ।

रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण पूरा भएसँगै चीनबाट पेट्रोलियम पदार्थ ल्याउने चर्चा सेलाएकोमात्र नभै यो अध्याय नै समाप्त भएको जानकारहरु बताउँछन् । पाइपलाइन सम्झौतासँगै नेपालले भारतसँग विभिन्न शर्त पालना गर्नुपर्ने भएकाले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सक्दैन भने नेपाली पक्षको इच्छाशक्ति पनि यसमा देखिएको छैन ।

त्यसो त चीनसँगको पेट्रोलियम सम्बन्ध अघि बढाउने पक्षमा नेपाली अधिकारीहरु छैनन् । नेपाल आयल निगम नै चीनको सहयोगमा नेपालमा पेट्रोलियम पदार्थ भण्डारणका लागि संरचना बनाउने पक्षमा आफूहरू नरहेको बताइरहेर यसलाई पुष्टि गरेको छ ।

नेपालले चीनबाट एकतिहाइ पेट्रोलियम पदार्थ किन्ने र चीनले इन्धन आपूर्ति भण्डार स्थापना गरिदिने प्रतिबद्धता जनाए पनि हाल उक्त सहमतिबाट नेपाल पछाडि हटिसकेको अवस्था छ ।

संयोगवश चीनबाट पेट्रोलियम पदार्थ भित्र्याउने अग्रसरता लिने तत्कालीन प्रधानमन्त्री केपी ओली नै अहिले दुईतिहाई बहुमतको प्रधानमन्त्री छन् । तर, चीनसँगको सहमति अघि बढाउन उनैको रुचि नदेखिएको जानकारहरु बताउँछन् ।

अर्कोतर्फ इन्धन आयातमा भारतले नेपाललाई कुनै पनि कर लिँदैन । अर्कोतर्फ भारतबाटै इन्धन आयातका लागि सिलगुढी हुँदै झापा र गोरखपुरहुँदै भैरहवासम्म वैकल्पिक पेट्रोलियम पाइपलाइन निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन भइरहेकाले पनि चीनसँग पेट्रोलियम खरिदको चर्चा अब निरर्थक हुने देखिन्छ ।

प्रकाशित : १९ श्रावण २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह