Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने


GDP नेपाल
   ११ आश्विन २०८१, शुक्रबार


ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ। यसअन्तर्गत इच्छुकले अनलाइनबाट सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रक्रियाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाबारे आफैँले जानकारी लिनसमेत सक्नेछन् । 

यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म तोकिएको छ । यो कर्जाको निम्ति धितोको रूपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयंको हुनुपर्नेछ।  निवेदकबाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रूपमा स्वीकार गरिनेछैन। 

यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । ग्लोबल आइएमई बैंक युरो मनी अवार् फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्र रहेका छन् । 

ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ११ आश्विन २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह