Logo

बैंक / बिमा /शेयर

सानिमा बैंकले पायो ISO 27001:2022 प्रमाणपत्र


GDP नेपाल
   १३ आश्विन २०८१, आइतबार


काठमाडौँ । सानिमा बैंकले आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आइटी सेवाहरू प्रदान गरे बापत सूचना प्रविधि र सूचना प्रविधि सम्बन्धी सेवाहरूका लागि प्रतिष्ठित ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ।

बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राखेको र यो प्रमाणीकरण सूचना सुरक्षा र डाटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा बैंकले प्राप्त गरेको विद्यमान प्रमाणीकरणको स्तरवृद्धि हो। यस प्रमाणपत्रले बैंकले आफ्ना ग्राहकहरूको डाटालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डहरू अनुसार निरन्तर रूपमा सुरक्षित गरेको प्रस्ट देखिएको बैंकले जनाएको छ । ISO 27001:2022  प्रमाणीकरण प्रक्रियाले बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणाली (ISMS) को कठोर मूल्याङ्कन समावेश गर्दछ।

मूल्यांकन AMTIVO Group समूह, एक स्वतन्त्र र UKAS मान्यता प्राप्त प्रमाणीकरण निकायद्वारा गरिएको हो ।

प्रकाशित : १३ आश्विन २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह