काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ४४.४५ अंकले बढेर दुई हजार ५०८.८६ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १६, विकास बैंक ९४, फाइनान्स ११३, होटल तथा पर्यटन १९५, हाइड्रोपावर ३६, जीवन बीमा २१७, अन्य ४४, माइक्रोफाइनान्स ८६, निर्जीवन बीमा ९०, उत्पादन २५८ र ब्यापार उपसमूह ५१ अंकले बढेको बढेको छ ।
आज सबैभन्दा धेरै सीइडीबी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज प्रभु सेलेक्ट फन्डको सेयर झण्डै साढे ९ प्रतिशतले घटेको छ ।
यस दिन ३१९ कम्पनीको ९७ लाख कित्ता सेयर ३ अर्ब ७१ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया