Logo

मुख्य समाचार

११४ अंकले बढ्यो सेयर बजार, ७ अर्ब ६१ करोडको कारोबार


GDP नेपाल
   १५ आश्विन २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ११४.७० अंकले बढेर दुई हजार ६२३.५६ विन्दुमा पुगेको छ ।






आज बैंकिङ ५५, विकास बैंक २७२, फाइनान्स २७५, होटल तथा पर्यटन ३६८, हाइड्रोपावर १७९,
जीवन बीमा ५११, अन्य ८९, माइक्रोफाइनान्स १८८, निर्जीवन बीमा ३९१, उत्पादन १५३ र ब्यापार उपसमूह १३७ अंकले बढेको बढेको छ ।



आज बुटवल पावर, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानाकी फाइनान्स, गुहेश्वरी फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मल्टिपर्पस फाइनान्स, रिलायन्स फाइनान्स, अरुणकाबेली पावर, दोर्दीखोला हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, सिटी होटल, थ्रीस्टार हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर र पोखरा फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ ।


यस दिन ३०७ कम्पनीको एक करोड ७५ लाख कित्ता सेयर ७ अर्ब ६१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १५ आश्विन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह