काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २६.०७ अंकले घटेर दुई हजार ५९७.४९ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १०, विकास बैंक ७२, होटल तथा पर्यटन ११६, हाइड्रोपावर ५५, जीवन बीमा ५२, अन्य ०.६५, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा २३८, उत्पादन १२८ र ब्यापार उपसमूह ४२ अंकले घटेको छ । आज फाइनान्स उपसमूह भने ५४ अंकले बढेको छ ।
आज विन नेपाल लघुवित्तको सेयर सबैभन्द धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१० कम्पनीको एक करोड ५१ लाख कित्ता सेयर ६ अर्ब ७७ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया