काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ५६.०९ अंकले बढेर दुई हजार ६५३.५८ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ३२, विकास बैंक ११५, फाइनान्स १९९, होटल तथा पर्यटन १०९, हाइड्रोपावर ८५, जीवन बीमा १७२, अन्य ३२, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा १९१, उत्पादन २१९ र ब्यापार उपसमूह ३२ अंकले बढेको छ ।
आज न्यादी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३०८ कम्पनीको एक करोड ५० लाख कित्ता सेयर ६ अर्ब १३ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया