काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ३७.१३ अंकले बढेर दुई हजार ६९०.७२ विन्दुमा पुगेको छ ।
आज बैंकिङ २९, विकास बैंक ६२, होटल तथा पर्यटन २२८, हाइड्रोपावर ३३, जीवन बीमा १४४, अन्य ५३, माइक्रोफाइनान्स ७४, निर्जीवन बीमा ११४ र ब्यापार उपसमूह ५२ अंकले बढेको छ । त्यस्तै, आज फाइनान्स २३ र उत्पादन उपसमूह ९३ अंकले घटेको छ ।
आज थ्रीस्टार हाइड्रोपावरको सेयर ९.९३ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज ईस्टर्न हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३०५ कम्पनीको एक करोड ५८ लाख कित्ता सेयर ७ अर्ब ९ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया