काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २७.३९ अंकले घटेर दुई हजार ६६३.३२ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ५, विकास बैंक ६२, होटल तथा पर्यटन १३०, हाइड्रोपावर ३२, जीवन बीमा १४१, अन्य २२, माइक्रोफाइनान्स ४६, निर्जीवन बीमा १९०, ब्यापार ४४, फाइनान्स ९२ र उत्पादन उपसमूह १२५ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै ईस्टर्न हाइड्रोपावरको सेयर ८.५० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज मिडसोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३०० कम्पनीको एक करोड ३ लाख कित्ता सेयर ४ अर्ब ५९ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया