काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ४७.४४ अंकले घटेर दुई हजार ६९७.९१ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १६, विकास बैंक १२६, होटल तथा पर्यटन १४९, हाइड्रोपावर ७१, फाइनान्स १३७, अन्य ३१, निर्जीवन बीमा २०१, उत्पादन १४७, माइक्रोफाइनान्स ७७, जीवन बीमा ३२९ र ब्यापार उपसमूह ६८ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै ईस्टर्न हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज बुथेली बुखरी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१५ कम्पनीको दुई करोड ८ लाख कित्ता सेयर ८ अर्ब १८ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया