काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ५७.९९ अंकले घटेर दुई हजार ६३९.९२ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ३६, विकास बैंक ९४, होटल तथा पर्यटन १०८, हाइड्रोपावर ६६, फाइनान्स १११, अन्य ४९, निर्जीवन बीमा २२८, उत्पादन ११७, माइक्रोफाइनान्स ९४, जीवन बीमा २८० र ब्यापार उपसमूह १० अंकले घटेको छ ।
आज सबैभन्दा धेरै नादी ग्रुप पावरको सेयर ८.८१ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज विन नेपाल लघुवित्तको सेयर ९.९८ प्रतिशतले बढेको छ ।
यस दिन ३१९ कम्पनीको एक करोड ३८ लाख कित्ता सेयर ५ अर्ब ९० करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया