काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । इन्स्योरेन्सले १ लाख ६२ हजार ९५० कित्ता संस्थापक सेयर ब्रिकीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक अन्य संस्थापक सेयरधनी, जो कोही व्यक्ति तथा संघसंस्थाहरुले कात्तिक ९ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । प्रतिसेयर १८० रुपैयाँ तोकिएको छ ।
बोलपत्र पेश गर्दा न्यूनतम १ लाख ६२ हजार ९५० कित्ता शेयर खरीद माग गर्नुपर्नेछ । सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया