काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १८.२५ अंकले घटेर दुई हजार ६२७.१४ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १५, विकास बैंक ४१, होटल तथा पर्यटन ५५, अन्य १३, निर्जीवन बीमा ७६, उत्पादन ८९, माइक्रोफाइनान्स ४०, जीवन बीमा ६६, ब्यापार ६९ र फाइनान्स उपसमूह २९ अंकले घटेको छ । यस्तै, आज हाइड्रोपावर उपसमूह भने ११ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै रावा इनर्जी डेभलपमेन्टको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज एसबीआई बैंकको सेयर ९.७५ प्रतिशतले बढेको छ ।
यस दिन ३१७ कम्पनीको एक करोड २२ लाख कित्ता सेयर ५ अर्ब ४१ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया