Logo

मुख्य समाचार

सेयर बजारमा झिनो अंकको गिरावट, ४ अर्बको कारोबार


GDP नेपाल
   २० कार्तिक २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ०.२१ अंकले घटेर दुई हजार ६७७.४० विन्दुमा पुगेको छ ।




आज बैंकिङ १२, विकास बैंक २६, उत्पादन २०, माइक्रोफाइनान्स ३ र ब्यापार उपसमूह २७ अंकले घटेको छ ।
त्यस्तै, आज फाइनान्स ७, हाइड्रोपावर २५, जीवन बीमा ५२, अन्य ५, होटल तथा पर्यटन ५६ र निर्जीवन बीमा उपसमूह १४१ अंकले बढेको छ ।


आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सुपर माई हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।


यस दिन ३०२ कम्पनीको ९७ लाख कित्ता सेयर ४ अर्ब २० करोडमा कारोबार भएको छ ।

प्रकाशित : २० कार्तिक २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह