Logo

मुख्य समाचार

सेयर बजारमा ११ अंकको गिरावट, ७ अर्ब ८५ करोडको कारोबार


GDP नेपाल
   २७ कार्तिक २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ११.२४ अंकले घटेर दुई हजार ७४८.९६ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ५, विकास बैंक १७, माइक्रोफाइनान्स ३५, जीवन बीमा ६१, अन्य २५, उत्पादन २, होटल तथा पर्यटन १० र हाइड्रोपावर उपसमूह २० अंकले घटेको छ ।
त्यस्तै, फाइनान्स ४०, निर्जीवन बीमा १८ र ब्यापार उपसमूह १३ अंकले बढेको छ ।



आज गुडविल फाइनान्सको सेयर ९.३ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर, बेस्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ ।


यस दिन ३१२ कम्पनीको एक करोड ६७ लाख कित्ता सेयर ७ अर्ब ८५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २७ कार्तिक २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह