Logo

Banner-news

ओली फर्कने टुंगो छैन, पाइपलाइन उद्घाटनको मिति तय


GDP Nepal
   १२ भाद्र २०७६, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचाररत छन् । उनको स्वास्थ्यवस्था सुधारोन्मुख रहेको बताइए पनि कहिले फर्किने भन्ने टुंगो छैन । तर, नेपाल–भारत पेट्रोलियम पाइपलाइन भने उनकै हातबाट उद्घाटन गराउने कार्यक्रम तय भएको छ ।

पेट्रोलियम पाइपलाइन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले दुई सातापछि उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाइएको छ । भदौ २४ गते नेपालका प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आफ्नै कार्यकक्षबाट रिमोट कन्ट्रोलमार्फत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मोदीले उद्घाटन गरेसँगै मोतिहारीमा पाइपलाइनको भल्व खुल्ने र ओलीले उद्घाटन गरेपछि अमलेखगन्जमा रहेको पाइपलाइनको भल्व खुल्ने जनाइएको छ । उद्घाटनपछि नियमितरूपमा पाइपलाइनबाट तेल आयात हुने छ ।

रिमोटबाट पाइपलाइनका उद्घाटन गरेपछि अमलेखगन्ज, मोतिहारी, दिल्ली र बालुवाटारमा स्क्रीनबाट देखिने छ । यससँगै दैनिक ३ हजार ५ सय किलोलिटरसम्म डिजेल आयात गरिने छ ।

प्रकाशित : १२ भाद्र २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह