काठमाडौं । गत वर्ष नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) ३.५४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.५४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान गरिएको छ ।
यस्तै, समीक्षा वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको उत्पादन ३.७५ प्रतिशतले बढेको अनुमान गरिएको छ ।
यस्तै, मुद्रास्फीति ५.४४ प्रतिशतमा सीमित भएको देखिएको छ भने कुल राजस्व संकलन १० खर्ब ८२ अर्ब रुपैयाँ रहेको छ । प्रतिवेदन अनुसार सरकारी खर्च १४ अर्ब ८ अर्ब रुपैयाँ भएको बताइएको छ ।
यसका साथै, कुल वस्तु निर्यातमा ३० प्रतिशतले कमी आई १५२ अर्ब ३८ करोड र कुल वस्तु आयातमा १.२ प्रतिशतले कमी आई १५९२ अर्ब ९९ करोड रहेको छ। समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले घटेर १४४० अर्ब ६० करोड रहेको छ। यो कुल गार्हस्थ्य उत्पादनको २५.३ प्रतिशत हो ।
प्रतिक्रिया