Logo

Banner-news

ओलीको निर्वाचन क्षेत्रमा २४ अर्ब विनियोजन ढुकुटीको चरम दुरुपयोग हो !


GDP Nepal
   २१ भाद्र २०७६, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमामात्रै २४ अर्बको योजना पारेको भन्दै कांग्रेस नेता डा. रामशरण महतले आपत्ति जनाएका छन् । नेता महतले राज्यको ढुकुटीको दुरुपयोग गर्न नहुने धारणा राखे ।

शनिबार रिपोर्टर्स क्लमा महतले भने– सरकारले शक्तिको यसरी नै दुरुपयोग गरिरहे कांग्रेसले सडक र सदन दुवै ठाउँबाट संघर्षका कार्यक्रम सुरु गर्नेछ ।

नेता महतले वर्तमान सरकार हावादारी प्रचारमा केन्द्रित भएको आरोप लगाए । वर्तमान सरकारले आकाशे र उडन्ते कुरा गरेर समय व्यतित गरिरहेको आरोप उनले लगाएका हुन् ।

डा. रामशरण महत

महतले भने– सरकारले पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको छ । कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ ? कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा भएका छन् ।’

रकारले वास्तविक आवश्यकत्ता के हो भनेर खुट्याउन नसकेको र कार्यक्रमको प्राथमिकीकरण नै गर्न नसकेको उनको आरोप छ ।

महतले अहिलेपनि काठमाडौंबाट धादिङ, नुवाकोट, सिन्धुपाल्चोक जाने सडकहरु अलपत्र अवस्थामा रहेको सुनाए । ललितपुरकै कतिपय सडकका समस्या अहिले पनि समाधान नभएको र यातायातमा अहिले भएकै पूर्वाधारलाई स्तरोन्नती गर्नुपर्नेमा उनले जोड दिए ।

देशमा भ्रष्टाचार, लुटतन्त्र र विभिन्न स्क्याण्डलका बारेमा कुरा उठेको पनि उनको भनाइ छ । उनले भने– संसदमा पनि यी विषयहरु उठेका छन् । हाम्रो पार्टी सडकमा उत्रिनुपर्ने आवश्यकत्ता छ ।

प्रकाशित : २१ भाद्र २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह