Logo

मुख्य समाचार

सेयर बजारमा १७.८० अंकको वृद्धि, साढे ८ अर्बको कारोबार


GDP नेपाल
   १८ मंसिर २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से १७.८० अंकले बढेर दुई हजार ७७५.८५ विन्दुमा पुगेको छ ।


फाइनान्स ४८, हाइड्रोपावर ६६, अन्य ५, जीवन बीमा २०८, ब्यापार ३०१ र उत्पादन उपसमूह ४ अंकले बढेको छ ।
त्यस्तै, आज विकास बैंक २२, बैंकिङ २, होटल तथा पर्यटन १२४, माइक्रोफाइनान्स १६ र निर्जीवन बीमा उपसमूह ६९ अंकले घटेको ।


आज दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर साढे ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।


यस दिन ३०७ कम्पनीको एक करोड ८१ लाख कित्ता सेयर ८ अर्ब ५२ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १८ मंसिर २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह