महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ ।
३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बैंकले अपांगता भएका व्यक्तिहरुको बैंकिङ्ग कारोबारलाई थप सहजीकरण गर्नको निमित्त उपलब्ध स्रोत साधनहरुको अधिकत्तम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्न प्रयास गर्नेछ ।
यसका साथै, अपांगता भएका व्यक्तिहरुलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रुपमा खटाइएको छ। यसका साथै, संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारले तय गरेको नारा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार”लाई आत्मसात गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता संरक्षण नेपाल सँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहिनहरुलाई सहयोग गर्ने उद्धेश्य अनुरुप बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रमकाबीच सेतो छडी लगायतका सामग्रीहरु समेत वितरण गरिएको छ ।
यस किसिमका कार्यहरुबाट अपाङ्गता भएका व्यक्तिहरुको सहज जीवन यापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया