Logo

Banner-news

क्षमताबिना रेल्वेमा हतार नगरौंः भट्टराई


GDP Nepal
   २५ भाद्र २०७६, बुधबार


काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा नेपाल पूर्वाधार सम्मेलन, २०१९ बुधबारदेखि काठमाडौंमा सरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत आयोजकका रुपमा रहेको सम्मेलनमा नेपालको पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, चुनौती र अवसरका बारेमा सामूहिक छलफल भइरहेको छ । सम्मेलनका विभिन्न सात सत्रमा छलफल हुने आयोजकले जनाएको छ ।

सम्मेलनको पहिलो शत्रमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अझै पनि ठूला पूर्वाधारमा निजी क्षेत्रले लगानी गर्न सक्ने अवस्था नदेखिएको भन्दै ठूला परियोजनामा राज्यले नै लगानी गर्नुपर्ने बताए ।

विगतमा निजी क्षेत्रले लगानीको घोषणा गरेको परियोजना अलपत्र परेको उहादरण दिँदै उनले ठूला पूर्वाधारमा हात नहाल्न सुझाव दिए । “केही वर्षअघि निजी क्षेत्रले काठमाडौँ–हेटौँडा सुरुङ मार्ग निर्माण गर्न खोज्यो तर सकेन”, डा. भट्टराईले भने, “त्यसले निजी क्षेत्रले सडकमा लगानी गर्ने अवस्था नरहेको पुष्टि गरेकाले सरकारले नै लगानी गर्नुपर्छ ।”

जटिल भू–राजनीतिक अवस्थाको सही विश्लेषण गर्न नसक्दा निजी क्षेत्रको लगानीले परिणाम दिन नसकेको उनको भनाइ थियो । निजी क्षेत्रले अन्तरराष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकमा भने सरकारसँग मिलेर लगानी गर्न सक्ने उल्लेख गर्दैै पूर्वप्रधानमन्त्री भट्टराईले क्षमताबिना रेल्बेलगायत ठूला पूर्वाधारमा हतारमा लगानी नगर्न सुझाव दिए ।

अहिले नेपालमा निजी क्षेत्रले ऊर्जामा लगानी गर्न सक्छ तर तिनको लगानीका क्षमता कम हुने हुँदा ढुक्क हुनसक्ने अवस्था नभएको चर्चा गर्दै उनले वस्तु र सेवाको उत्पादनमा ध्यान दिएर बढीभन्दा बढी राजस्व वृद्धि गर्नेतर्फ ध्यान दिन निजी क्षेत्रलाई आग्रह गरे ।

आर्थिक महाशक्तिका रुपमा उदाउन लागेका दुई छिमेकी मुलुकलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले दुवै छिमेकीलाई धम्क्याएर होइन, उनीहरूसँगै हिँड्न सुझाव दिए । अन्तरराष्ट्रिय सम्मेलनका क्रममा हुने छलफलबाट निस्केका निष्कर्ष कार्यान्वयनमा नल्याइनु दुःखद् भएको उनको गुनासो थियो ।

“कार्यान्वयन गर्ने पक्षमा गम्भीर कठिनाइ हुन्छ तर कसैको पनि नियत खराब छैन”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भने , “तर परिणामा किन आइरहेको छैन भनेर मनन गरौं । कोशी, गण्डकी र कर्णाली करिडोरबाट भारत र चीन जोड्ने सडक बनाऔँ । काठमाडौँ र तराईलाई नजेडेसम्म समृद्धि आउँदैन, राजधानी केन्द्रित जनसङ्ख्या, विकास, अर्थतन्त्रलाई विकेन्द्रित गरौँ ।”

एसियाली विकास बैंकका महानिर्देशक उचुङ उनले जलवायु परिवर्तनसँग जुध्न सक्ने पूर्वाधार निर्माणमा जोड दिनुभयो । उहाँले विकासलाई सहभागितामूलक ढङ्गबाट अगाडि लैजानुपर्ने बताए ।
एडिबी नेपालको विकास साझेदार संस्थाका रुपमा रहेको उल्लेख गर्दै महानिर्देशक उनले नेपालका ठूला पूर्वाधारमा एडिबीले लगानी गरेको स्मरण गराए ।

एडिबीका पूर्वउपाध्यक्ष डा बिन्दु लोहनीले निजी क्षेत्रको लगानीलाई सुनिश्चित गराउन सरकारले लगानीमैत्री वातावरण निर्माण गरिदिनुपर्ने बताए ।

प्रकाशित : २५ भाद्र २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह