काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ५१.३७ अंकले घटेर दुई हजार ६३०.९१ विन्दुमा पुगेको छ ।
बैंकिङ २१, विकास बैंक ११५, फाइनान्स १४३, होटल तथा पर्यटन १५३, हाइड्रोपावर ८३, जीवन बीमा २३५, निर्जीवन बीमा १८२, माइक्रोफाइनान्स ९२, उत्पादन ७९, अन्य २८ र ब्यापार उपसमूह १७५ अंकले घटेको छ ।
आज जानकी फाइनान्सको सेयर सबैभन्दा धेरै ९.५८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३०४ कम्पनीको एक करोड २७ लाख कित्ता सेयर ५ अर्ब ९३ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया