काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ५.६० अंकले घटेर दुई हजार ६२८.२६ विन्दुमा पुगेको छ ।
बैंकिङ ५, विकास बैंक ९, होटल तथा पर्यटन २७, हाइड्रोपावर १२, निर्जीवन बीमा १७, अन्य ७, जीवन बीमा ४१ र उत्पादन उपसमूह २२ अंकले घटेको छ । त्यस्तै, फाइनान्स ३३, माइक्रोफाइनान्स ४ र ब्यापार उपसमूह २४ अंकले बढेको छ ।
आज आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर ९.९० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज उपकार लघुवित्त र सर्पोट माइक्रोफाइनान्सको सेयर सबैभन्दा धेरे १० प्रतिशतले बढेको छ ।
यस दिन ३१४ कम्पनीको ८१ लाख कित्ता सेयर ४ अर्ब २७ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया