Logo

Banner-news

काठमाडौंमा बजार अनुगमनको आतंक: मूल्यसूची नराखेको भन्दै ५० हजार जरिवाना !


GDP Nepal
   ३ आश्विन २०७६, शुक्रबार


काठमाडौं । दसैं नजिकिँदै जाँदा काठमाडौं उपत्यकासहितका सहरी क्षेत्रमा सरकारी अनुगमन टोलीको सक्रियता बढेको छ । व्यवसायीहरुले भने बजार अनुगमनका नाउँमा आतंक सिर्जना गरेको आरोप लगाएका छन् भने सरकारी अनुगमन टोलीले मूल्यसूची नराखेको जस्तो सामान्य गल्तीमा समेत ठूलो सजाय तोकिरहेका छन् । तयारी पोशाक बिक्री गर्ने बिक्रेताले मूल्यसूची राख्न सम्भव हुँदैन भन्ने सामान्य हेक्कासमेत राखिएको छैन ।

बिहीबारमात्र न्युरोडस्थित रञ्जना टे«ड सेन्टरमा रहेका चारवटा पसल कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र उपभोक्ता अधिकारकर्मीसहित बिहीबार गएको अनुगमन टोलीले चारवटा पसल कारबाही गरेको हो ।

अनुगमनका क्रममा मूल्यसूची नराखेको फेला परेपछि चार वटा पसललाई ५० ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको विभागले जानकारी दिएको छ । विभागका निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठले मूल्यसूची नराख्ने चार व्यवसायीलाई कारबाही गरिएको बताए ।

मूल्यसूची नराख्ने पसलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

कारबाहीमा पर्नेमा रञ्जना टे«ड सेन्टरभित्र रहेका मूल्यसूची नराख्ने वाव फेशन, रितिका बिजनेस प्रालि, ऋद्धिसिद्धि इन्टरप्राइजेज र शाक्य रेडिमेट सेन्टर रहेका छन् ।
मूल्यसूची नराख्ने व्यवसायीलाई उपभोक्ता संरक्षण ऐनमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ ।

उपभोक्ता अधिकारकर्मी सहितको अनुगमनटोलीलाई व्यवसायीले हुलहुज्जत गरेर अनुगमन गर्न अवरोध गरेका थिए । अनुगमनका गएको टोलीलाई प्रहरीले सहयोग नगरेको अनुगमनटोलीको गुनासो छ ।

प्रकाशित : ३ आश्विन २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह