Logo

मुख्य समाचार

सेयर बजारमा २१ अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार


GDP नेपाल
   १४ पुस २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से २१.१२अंकले घटेर दुई हजार ६०९.५८ विन्दुमा पुगेको छ ।


बैंकिङ १२, विकास बैंक १४२, फाइनान्स १३७, होटल तथा पर्यटन ३९, हाइड्रोपावर ६०, जीवन बीमा ४९, निर्जीवन बीमा १६, उत्पादन ५५ र ब्यापार उपसमूह ४९ अंकले घटेको छ । त्यस्तै, आज अन्य ५ र माइक्रोफाइनान्स उपसमूह ५५ अंकले बढेको छ ।


आज आज सर्पोट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्ताकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, र सिन्धु विकास बैंकको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज महिला लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।



यस दिन ३१६ कम्पनीको एक करोड १० लाख कित्ता सेयर ५ अर्ब ४७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १४ पुस २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह