Logo

मुख्य समाचार

सेयर बजारमा ३३ अंकको गिरावट, ५ अर्ब ६७ करोडको कारोबार


GDP नेपाल
   १६ पुस २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ३३.०८ अंकले घटेर दुई हजार ५७६.५० विन्दुमा पुगेको छ ।



बैंकिङ १३, विकास बैंक १४५, फाइनान्स १५२, होटल तथा पर्यटन ८८, हाइड्रोपावर ५९, जीवन बीमा ८१, निर्जीवन बीमा ११८, उत्पादन १०२, माइक्रोफाइनान्स ७० र ब्यापार उपसमूह १३८ अंकले घटेको छ । त्यस्तै, आज अन्य उपसमूह भने १ अंकले बढेको छ ।



आज सर्पोट माइक्रोफाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि नाडेप लघुवित्तको सेयर ४ प्रतिशतले बढेको छ ।


यस दिन ३०८ कम्पनीको एक करोड ३१ लाख कित्ता सेयर ५ अर्ब ६७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १६ पुस २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह