काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ५.१० अंकले बढेर दुई हजार ५८१.६० विन्दुमा पुगेको छ ।
विकास बैंक ८५, फाइनान्स १०७, होटल तथा पर्यटन ५९, हाइड्रोपावर ४९, निर्जीवन बीमा २८, उत्पादन १६ र ब्यापार उपसमूह २८ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ १०, जीवन बीमा ८, माइक्रोफाइनान्स ७ र अन्य उपसमूह भने ८ अंकले घटेको छ ।
आज त्रिशुली जल विद्युतको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सर्पोट माइक्रोफाइनान्सको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३०५ कम्पनीको ९४ लाख कित्ता सेयर ३ अर्ब ५९ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया