Logo

Banner-news

प्रदेश ३ मा उद्योग खोल्दै हुनुहुन्छ ? यस्ता छन् छुट र सुविधा


GDP Nepal
   १२ आश्विन २०७६, आइतबार


काठमाडौं । आफ्नो प्रदेशमा उद्या्गलाई आकर्षित गर्न प्रदेश ३ सरकारले आकर्षक अफर ल्याएको छ । प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक गत भदौमै पारित भएसँगै छुटसम्बन्धी सुविधा पारितसमेत भइसकेका छन् ।

जसअनुसार अब प्रदेश ३ मा दर्ता हुने उद्योगलाई कर तथा सेवा शुल्कमा ५० प्रतिशत कर छुट हुनेछ भने यस्ता उद्योगलाई पाँच वर्षसम्मको लागि ५० प्रतिशत कर छुटका साथै उद्योग स्थापनाको लागि लाग्ने ऋणमा १ प्रतिशत ब्याज अनुदान पनि पाउनेछन् ।

महिलाद्वारा सञ्चालित उद्योग, औद्योगिकक्षेत्रमा स्थापना गर्न प्रदेश सरकारले तोकेबमोजिमका उद्योग, प्रविधि हस्तान्तरण हुने उद्योग, प्रदेश सरकारले राजपत्रमा सूचना जारी गरी तोकेको उद्योग र ५० जनाभन्दा बढीलाई रोजगारी दिने उद्योगलाई पनि तोकिएको सहुलियत प्रदान गरिने विधेयकमा उल्लेख छ ।

अर्को प्रदेशबाट स्थानान्तरण भई आउने उद्योगलाई पनि दर्ता शुल्क वा दस्तुरमा छुट गर्ने व्यवस्था गरिएको छ । उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रत्येक वर्ष १० उद्यमीलाई उत्कृष्ट उद्यमी घोषणा गरी सम्मान गर्ने पनि कानुनमै व्यवस्था गरिएको छ ।

२५ करोड रूपैयाँभन्दा बढी पूँजी लगानी गर्ने वा एकसयजनाभन्दा बढी नेपाली नागरिकलाई रोजगारी दिने औद्योगिक क्षेत्रभन्दा बाहिर स्थापना हुने उद्योगलाई सडक, विद्युत्, पानीको सुविधा साथै पूर्वाधार निर्माणमा सहयोग गर्ने बताइएको छ । उद्योग स्थापनाको लागि जग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेसन शुल्कमा पनि २० प्रतिशत छुट दिइने व्यवस्था उल्लेख गरिएको छ ।

खरिद गरिएको जग्गा उद्योग स्थापना बाहेक अन्य प्रयोग गरेको पाइएमा अनुदान रकममा ब्याज थप गरी असुल उपर गरिने व्यवस्था पनि उल्लेख गरिएको छ । उद्योगका लागि आवश्यक पर्ने सडक, विद्युतलगायतका पूर्वाधार निर्माणमा सहजीकरण गर्ने, इन्कुवेशन सेवा, परामर्श सेवा, बजार तथा व्यवसाय प्रबद्र्धन सेवा उपलब्ध गराउने पनि विधेयकमा उल्लेख छ ।

प्रकाशित : १२ आश्विन २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह