काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ६.१६ अंकले बढेर दुई हजार ६४६.८४ विन्दुमा पुगेको छ ।
विकास बैंक ४३, फाइनान्स ७७, हाइड्रोपावर १५, निर्जीवन बीमा ५३, जीवन बीमा ८५, माइक्रोफाइनान्स २१ र ब्यापार उपसमूह २६ अंकले बढेको छ । बैंकिङ ३, होटल तथा पर्यटन २, उत्पादन १७ र अन्य उपसमूह ३ अंकले घटेको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज आत्मानिर्भर लघुवित्त र दाल्ती पावरको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३०५ कम्पनीको एक करोड २० लाख कित्ता सेयर ५ अर्ब ३८ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया