काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अभिजित बनर्जी, इस्तर डुफ्लो र माइकल क्रेमरले संयुक्त रुपमा पाएका छन् । यी अर्थशास्त्रीहरुको नेपाल साइनो पनि गज्जबको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेका अनुसार ५ वर्षअघि बेनर्जी र डुफ्लोले नेपाल सरकारका सबै सचिवहरुलाई ‘पोर इकोनोमिक्स’बारे प्रवचन दिएका थिए ।
बेनर्जी, डुफ्लो र क्रेमरले ‘¥यान्डमाइज कन्ट्रोल ट्रायल’ जस्ता प्रयोगवादी विधिमार्फत गरिबी घटाउने नीतिगत पहलमा ‘रिगर इफिकेसी’ प्रवेश गराएकाले नोबल पुरस्कार पाएका हुन् ।
गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरुलाई उक्त पुरस्कार प्रदान गरिएको हो । विगत २ दशकयता उनीहरुले गरिबी निवारणका लागि गरेको एक्सपेरिमेन्टल एप्रोचका लागि सम्मान गरिएको हो । विश्वभर ७० करोड जनसंख्या गरिबीमा रहेको तथ्यांक छ ।
भारतीय मूलका अमेरिकी अर्थशास्त्री बनर्जीले भारतमा अपांग बालबालिकाको विद्यालय शिक्षाको व्यवस्थालाई बलियोसमेत बनाएका थिए । जसमा करिब ५० लाख बालबालिकाले फाइदा उठाएका थिए ।
इस्तर डुफ्लो अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने सबैभन्दा कम उमेरकी महिला हुन् । अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने उनी दोस्रो महिलासमेत हुन् ।
प्रतिक्रिया