Logo

अर्थनीति

विदेशी लगानीमा चीनलाई पछि पार्दै भारत अगाडी, भारतको ३५ र चीनको २५ प्रतिशत लगानी


appharu
   १४ जेष्ठ २०७५, सोमबार


काठमाडौं । दुई छिमेकी मुलुक भारत र चीनमध्ये नेपालमा लगानीका हिसावले भारत निकै अगाडी देखिएको छ । अर्थमन्त्री डां युवराज खतिवडाले संघिय संसदमा पेश गरेको आर्थिक सर्वेक्षण २०७४÷७५ मा पछिल्लो समयमा भारतको चासो नेपालमा बढ्दै गएको देखिएको हो ।

विदेशी लगानीका लागि स्वीकृति पाएका उद्योगमध्ये परियोजना लागतका आधारमा भारतका लागानीकर्ताले कुल विदेशी लगानीको ३५ प्रतिशत ओगटेको आर्थिक सर्वेक्षण ०७४÷७५ मा उल्लेख छ । दोस्रो स्थानमा चीनका लगानीकर्ताले २५.६ प्रतिशत र तेस्रोमा चीन हङकङका लगानीकर्तार्काको ११ प्रतिशत हिस्सा रहेको छ ।

गत आर्थिक वर्षसम्म कुल विदेशी लगानीमा भारतको ३९ चीनको १६ र चीन हङकङको १३ प्रतिशत हिस्सा रहेको थियो । पछिल्लो समयमा चीनको लगानीको हिस्सा बढ्दै गएको छ । उद्योगमा भएको कुल लगानीमध्ये विदेशी लगानीको अंश १५.८ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ४ हजार २ सय ७३ वटा उद्योग विदेशी लगानीका लागि स्वीकृती लिएका छन् ।

त्यसम्ध्ये भारत ७१३, चीन १२२६, दक्षिण कोरिया ३२४, अमेरिका ३७५,वेलायत १६९ रहेका छन् । त्यसैगरी मौरिसस, सिंगापुर, संयुक्त अरब इमिरेट्स लगायतले नेपालमा लगानी गरेका छन् । फ्रान्स, जर्मनी, मौरिसस, फिनल्याण्ड र भारत गरी ६ मुलुकसंग नेपालले दुइपक्षिय लगानी प्रवद्र्धन तथा संरक्षण संझौता (बिप्पा) भएको छ ।

 

चालु आर्थिक वर्षको आठ महिनासम्म बिप्पा संझौता भएका राष्ट्रबाट १ हजार १ सय ३ उद्योगमा कुल विदेशी लगानीको ४० प्रतिशत लगानीको प्रतिवद्धता आएको सर्वेक्षणमा उल्लेख छ ।

पछिल्लो पाँच वर्षमा उद्योगमा विदेशी लगानी (करोडमा)
२०७४÷७५ ३८०४
२०७३÷७४ १७००
२०७२÷७३ २०५४
२०७१÷७२ ८१३७
२०७०÷७१ ४०७३
स्रोत– आर्थिक सर्वेक्षण, २०७४÷७५

प्रकाशित : १४ जेष्ठ २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह