Logo

मुख्य समाचार

सामान्य अंकले घट्यो सेयर बजार, ८ अर्ब ९५ करोडको कारोबार


GDP नेपाल
   २३ माघ २०८१, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ४.४५अंकले घटेर दुई हजार ७११.४५ विन्दुमा पुगेको छ ।



बैंकिङ ३, विकास बैंक ५३, होटल तथा पर्यटन ३३, जीवन बीमा ४१, उत्पादन ५९, ब्यापार ६२ र माइक्रोफाइनान्स उपसमूह १३ अंकले घटेको छ।
त्यस्तै, आज फाइनान्स १४३, निर्जीवन बीमा २५, अन्य ६ र हाइड्रोपावर उपसमूह १ अंकले बढेको छ ।


आज सामूदायी लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज  उपकार लघसवित्त, छ्याङदी हाइडेपावर र सेन्ट्रल फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ।




यस दिन ३०९ कम्पनीको एक करोड ९१ लाख कित्ता सेयर ८ अर्ब ९५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २३ माघ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह