Logo

बैंक / बिमा /शेयर

चन्द्रागिरी हिल्सको खुद नाफा ५.७८ प्रतिशतले बढ्यो


GDP नेपाल
   २९ माघ २०८१, मंगलबार


काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चन्द्रागिरी हिल्स लिमिटेडले ६ करोड ६४ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ५.७८ प्रतिशतले बढेको हो । गत वर्ष कम्पनीले ६ करोड २८ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, कम्पनीको आम्दानी भने ७.५६ प्रतिशतले घटेर ४२ करोड २५ लाख ३७ हजार रुपैयाँमा आएको छ । गत वर्ष कम्पनीले ४५ करोड ७५ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
प्रशासनिक खर्च घट्दा आम्दानीमा गिरावट आए पनि यसको खुद नाफा बढेको हो । १ वर्षको अवधिमा यस कम्पनीको प्रशासनिक खर्च ८.५५ प्रतिशतले घटेर ५ करोड २१ लख रुपैयाँमा आएको छ । गत वर्ष यस्तो खर्च ५ करोड ६९ लाख ६८ हजार रुपैयाँ थियो ।


पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । यसअवधिमा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ७३ पैसा छ ।

प्रकाशित : २९ माघ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह