काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ क्षेत्रमा कायम अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनको लागि निक्षेप बोलकबोल गर्ने भएको हो ।
निक्षेप बोलकबोलका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सोरकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बताएको छ ।
यसको साँवा तथा ब्याज भुक्तानी फागुन २१ गते हुनेछ ।










प्रतिक्रिया