Logo

मुख्य समाचार

पोखरा भ्रमण वर्ष उदघाटन समारोहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते


gdpnepal
   ३ फाल्गुन २०८१, शनिबार


पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दै गर्दा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् ।

पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर मन्त्री पौडेल र मेयर धनराज आचार्य घाइते भएका हुन् ।

मन्त्री पौडेलको हाल गण्डकी मेडिकल कलेज पोखरामा र मेयर आचार्यको फिस्टेल हस्पिटल पोखरामा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।  मन्त्री पौडेल र मेयर आचार्यको अवस्था सामान्य रहेको र खतरामुक्त रहेको एसपी ओलियाले बताए ।  

भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो । सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए ।

 

प्रकाशित : ३ फाल्गुन २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह