Logo

मुख्य समाचार

बिमा प्राधिकरणको अध्यक्षमा ५ जनाको नाम सर्टलिस्ट


GDP नेपाल
   ५ फाल्गुन २०८१, सोमबार


काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदमा ५ जनाको नाम ‘सर्टलिस्ट’ भएको छ । सर्टलिस्टमा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् ।

अध्यक्ष नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको फागुन ४ गते बसेको बैठकले यी ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको हो ।
प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको थियो ।

‘सर्टलिस्ट’ मा परेका ५ जनालाई फागुन ११ गते व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताको लागि बोलाएको अर्थमन्त्रालयले जनाएको छ ।

प्रकाशित : ५ फाल्गुन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह