Logo

मुख्य समाचार

१२ अंकले बढ्यो सेयर बजार, १० अर्ब ४३ करोडको कारोबार


GDP नेपाल
   ६ फाल्गुन २०८१, मंगलबार


काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १२.६८ अंकले बढेर दुई हजार ७३९.८२ विन्दुमा पुगेको छ ।




बैंकिङ ३, जीवन बीमा २३०, निर्जीवन बीमा ३९, अन्य ७८ र ब्यापार उपसमूह १७ अंकले बढेको छ । त्यस्तै आज विकास बैंक १०१, फाइनान्स ४३, होटल तथा पर्यटन ७२, उत्पादन ४, माइक्रोफाइनान्स ४२ र हाइड्रोपावर उपसमूह ५ अंकले घटेको छ ।


आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जीङ नेपाल र गार्डीयन माइक्रोलाइफको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशतले घटेको छ ।



यस दिन ३१४ कम्पनीको एक करोड ८२ लाख कित्ता सेयर १० अर्ब ४३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ६ फाल्गुन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह