काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २६.९८ प्रतिशत बोनस सेयर र कर तिर्न १.४२ प्रतिशत नगद गरी कुल २८.४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण तथा यस कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।










प्रतिक्रिया